Logo
२० बैशाख २०८१, बिहीबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितको मार्चमा झलनाथ खनाल

खनालको प्रश्न : ‘मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्दा के नोक्सान हुन्छ ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितका माग पुरा गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार भृकुटीमण्डप पुगेर नेता खनालले मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले हजार काम छाडेर भए पनि मिटरब्याज पीडितका माग सम्बोधन गर्नतर्फ लाग्नुपर्ने बताए । उनले त्यसका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले मिटरव्यज पीडितले न्यायपूर्ण संघर्ष थालेको २७ दिन बित्दा पनि सरकारले केही गर्न नसकेको बताए । ‘मिटरब्याज पीडित किसानहरूले जुन प्रकारको पीडा भोगिरहेका छन् । त्यो पीडाबाट सरकारे किसानहरूलाई मुक्त गर्न सक्दैन भने यस्तो सरकारको काम छैन’, खनालले भने, ‘सरकारले हजार काम छोडेर किसानहरूका माग सम्बोधन गर्नुपर्छ ।’ उनले पीडितहरूले उच्चस्तरीय आयोग गठनको माग गरिरहेको भन्दै त्यस्तो आयोग गठन गर्दा सरकारलाई के नोक्सान हुन्छ भनेर प्रश्न गरे । उनले अविलम्ब आयोग गठन गर्न माग गर्दै मिटरब्याज पीडितका सबै माग न्यायोचित भएकाले पुरा गर्नुपर्ने पनि बताए ।

नेता खनालले सरकारका साथै यो देशमा थुप्रै कम्युनिस्ट पार्टीहरू रहेको भन्दै कम्युनिस्ट पार्टीहरू यो देशका श्रमजीवी जनताको पार्टी हो या दलाल पुँजीपति वर्गको पार्टी भन्दै भनेर प्रश्न गरे । ‘यदि तपाईंहरु श्रमिक जनताको पार्टी हो भने मैदानमा आउनुस्,श्रमिक किसानलाई साथ दिनुस्’, खनालको आग्रह छ ।

 तस्बिरहरू  :

प्रकाशित मिति: Feb 25, 2024

प्रतिक्रिया दिनुहोस्