Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मेरो एउटा साथी छः रिलोडेड’ ल्याउँदै नरेश भट्टराई

नरेश भट्टराई परिचितसँगै स्थापित नाम बनिसकेका छन् । सञ्चारकर्ममा साँढे दुई दशकको लामो यात्रा तय गरेका भट्टराई फरक-फरक परिचतमार्फत स्थापित छन् ।

उनलाई गीतकार, अभिनेता, फिल्म लेखक, मोडल लगायतका विविध परिचयले आम मानिसले चिन्ने गरेका छन् । आफूलाई ‘माईक जीवि’ भन्न रुचाउने भट्टराई सबै भन्दा बढी स्टेज कार्यक्रम संचालन गर्ने प्रस्तोता हुन् ।

नीजि क्षेत्रको रेडियो ईमेज एफएम ९७।९ मेगाहर्जसँग जोडिएका भट्टराईले संचालन गरिरहेका कार्यक्रम ‘शुभ दिन’ सबै भन्दा बढी संचालन भएको रेडियो रेडियो कार्यक्रममा पर्छ ।

उनको सक्रियता टेलिभिजनमा पनि उत्तिकै सक्रिय छन् । विक्रम संवत २०५७ सालमा प्रशारण भएको पहिलो डान्स रियालिटी शो ‘आँगन’ मा प्रस्तोतो बनेका भट्टराईले त्यसपछि चलचित्र, लभ एण्ड लाईफ, लोकस्टार, मेरो डान्स कप, मेरो एउटा साथी छ ‘‘¨तीन सिजन, मेरो डान्स युनिभर्स लगायतका कार्यक्रम संचालन गरिसकेका छन् ।

उनै लोकप्रिय सञ्चारकर्मी भट्टराई पुनः ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन लिएर आउँदै छन् ।  उनले नयाँ सिजनलाई ‘मेरो एउटा साथी छः रिलोडेड’ नामांकन गरेका छन् ।

‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो । यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ ।

धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझैँ बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु’, सञ्चारकर्मी भट्टराईले भने /

प्रकाशित मिति: Feb 4, 2024

प्रतिक्रिया दिनुहोस्