Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका चौधरीलाई चिरायुबाट ग्राण्डी अस्पतालमा सारियो

काठमाण्डौको बासबाँरीस्थित रहेको सरकारी उद्योग छालाजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल सारिएको छ।

बिहीबार पक्राउ परे लगत्तै उनीमाथि अनुसन्धान गर्न केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआइवी) अनुसन्धानका लागि ४ दिन सम लिएको थियो।

पक्राउ परे लगतै प्रहरीको थुना कक्षमा नबसी चौधरी र थापा बिरामी भएको बहानामा महाराजगञ्जस्थित चिरायु अस्पतालमा बसेका थिए। चिरायुकै सिफारिसमा उनीहरुलाई शुक्रबार अझ सुविधा सम्पन्न अस्पताल ग्राण्डमा सारिएको सिआइवी स्रोतले जानकारी दियो।

दुवै जना उच्च रक्तचाप मुटुको रोगी भएको दाबी छ।

प्रकाशित मिति: Feb 2, 2024

प्रतिक्रिया दिनुहोस्