Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौं महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

आज शुक्रवार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।

अध्यक्ष गुरुङले व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइन्। उनले महानगरसँग लडाइँ गर्नुभन्दा वार्ता गरेर दीर्घकालीन समाधान खोजेको बताइन्।

व्यापार श्रमिक संगठनका अध्यक्ष सापकोटाले सडक व्यापारी सधैँ सडकमै बस्न नचाहेको बताए। व्यापार व्यवस्थित गरी महानगरले स्वरोजगार सडक व्यापारीलाई करको दायरामा समावेश गरेर व्यवस्थापन गर्नुपर्ने माग राखे।

दाहालले महानगर प्रहरीले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि सामान लिन जाँदा व्यापारीले सामान नै नपाएको बताए।

समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शन सहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङले जानकारी दिइन्।

उनका अनुसार माघ १८ मा गृह मन्त्रालय, माघ १९ मा प्रधानमन्त्री कार्यालय, माघ २१ मा नेकपा समाजवादी पार्टी कार्यालय, माघ २२ मा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, माघ २३ मा नेपाली कांग्रेस पार्टी कार्यालय र माघ २४ घमा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

संघर्ष समितिले माघ २८ गते व्यापक जनसहभागितासहित थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिमा आबद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्