Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइभीएफ प्रबिधिबाट बिरगञ्जमा एउटी महिलाले जन्माईन तिम्ल्याहा बच्चा

सूर्य अस्पताल बिरगंजमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचाररत एकजना महिलाले जन्माईन तिम्ल्याहा बच्चा जन्माएकी छिन्।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी महिलाले दुईदिन अघी तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

बिवाह पश्चात १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन।

तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन। तिनैजना शिशु पूर्णस्वस्थ रहेको छ।

थप सावधानीका लागि उनीहरूलाई एनआइसीयू वार्डमा बाल रोग विशेष डाक्टर कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको छ।

‘एउटा शिशु साढे दुईकिलो, अन्य दुईजना डेढ–डेढ किलोको रहेको डाक्टर सिंहले बताएका छन् । अस्पताल निर्देशक डाक्टर सिंहका अनुसार आमाको स्वास्थ्य पनि राम्रो छ ।

शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।

मधेस प्रदेशमा एकमात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आइभीएफ प्रविधिबाट उपचार गराएका दर्जनौं दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् ।

पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले दाबी गरेका छन।

भारत बाट विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा। मोनिका यादव सिंहले अस्पतालमा आइभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् ।

आइभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ ।

त्यस्तै आइभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ ।

हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आइभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा. मोनिकाले बताइन ।

वीरगञ्ज मै आइभीएफ सेवा उपलब्ध भएपछि स्थानीयहरूका साथै छिमेकी जिल्लासँगै सीमावर्ती भारतबाट समेत आउने सेवाग्राहीहरूलाई सहज भएको छ ।

तुलनात्मक रूपमा देशमा उपलब्ध रहेका अन्य आइभीएफ सेन्टरहरू भन्दा सस्तो दरमा उपचार भएकाले सेवाग्राहीहरु सेवा लिन आउने गरेका छन् ।

आइभीएफ विधिबाट जन्मिएको शिशु सामान्य अवस्थामा जन्मिने शिशु जस्तै स्वस्थ हुने र महिलाको स्वास्थ्यमा पनि कुनै असर नपार्ने डाक्टर मोनिकाको दाबी छ ।

उनले भनिन आइभीएफ सम्बन्धी धेरै भ्रमहरू पनि छन् । जसलाई चिर्न आवश्यक छ ।

सामाजिक सञ्जाल र इन्टरनेटमा भनिए जस्तो आइभीएफ एकदमै जटिल र झन्झटिलो प्रक्रिया पनि होइन अन्य उपचार विधि जस्तै हो उनले स्पष्ट पारिन।

निसन्तान दम्पतीका लागि आइभीएफ जस्तो सफल उपचार विधि अरू कुनै पनि छैन,’अस्पतालमा आइभीएफ विधिबाट उपचार गराएको सम्पूर्ण दम्पतीले सन्तान प्राप्ति गरेको डा. मोनिकाले दाबी गरिन ।

‘हाम्रो सफलता दर पनि झन्डै १०० प्रतिशत पुगेको छ । यसलाई थप प्रभावकारी, परिष्कृत र सस्तो बनाउँदै जाने हामी प्रतिबद्ध छौँ,’ डाक्टर मोनिकाले भनिन् ।

प्रकाशित मिति: Jan 17, 2024

प्रतिक्रिया दिनुहोस्