Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाका अम्बर बहादुर विष्ट कोशी प्रदेशसभाको सभामुखमा सर्वसम्मत चयन

कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । कोशी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् ।

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेशसभाको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३:०० बजे निर्वाचन राखिएको थियो ।

सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए । दिउँसो ३:३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति: Jan 9, 2024

प्रतिक्रिया दिनुहोस्