Logo
२० बैशाख २०८१, बिहीबार
(December 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र निर्वाचन आयोगको प्रक्रिया पुरा गर्न लोसपाको एक दिने केन्द्रिय समितिको बैठक

कम्तीमा ६ महिनामा एक पटक अनिर्वाय केन्द्रिय कार्यसमितिको बैठक गर्नु पर्ने निर्वाचन आयोगको प्रक्रिया पुरा गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक दिनमै केन्द्रीय कार्य समितिको बैठक सम्पन्न गरेको छ ।

उपत्यका स्थित एक ब्यांक्वेटमा आइतबार आयोजना गरिएको केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र विविध लगायतका एजेण्डाहरु प्रस्तूत गरिएको थियो ।

पार्टीका दोस्रो वरियताका नेता राजेन्द्र महतोले भने उक्त बैठकलाई बहिष्कार गरेका छन् । यद्यपी उनी निकटका अन्य नेताहरु भने उक्त बैठकमा उपस्थित भए पनि महतो भने अनुउपस्थित भएका थिए ।

महतो निकट केन्द्रीय नेता सन्तोष मेहताका अनुसार पार्टी अध्यक्षले महतोसँग गरेका प्रतिवद्धताहरु पार्टीमा सम्बोधन नभएपछि महतो बैठकमा अनुउस्थित भएका हुन् ।

पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा अनुउस्थित भएका हुन् ।

‘एउटा राजनीतिक ब्यक्तिले गर्ने नै यत्ति हो नी !‘ मेहताले नागरिक टाइम्ससँग भने-‘हिजोसम्म उहाँले बैठकमा जान्छु भन्नुभएको थियो । तर दुई महिना अगाडि भनेको कुराको सम्बोधन नहुने भएपछि म किन बैठकमा जाने भन्दै अनुउपस्थित हुनुभयो तर आफू निकट अन्य नेताहरुलाई भने बैठकमा जान निर्देशन दिनुभएको थियो।’

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए । तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन् ।

यता, आजको एक दिने बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरिएको छ । बेठकमा अन्य कुनै ठूला निर्णयहरु भने गरिएको छैन ।

प्रकाशित मिति: Dec 10, 2023

प्रतिक्रिया दिनुहोस्