Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपामा नेतृत्व विवाद : राजेन्द्र महतोद्धारा केन्द्रीय कार्य समिति बैठक बहिस्कार

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्य समिति बैठकलाई पार्टीका दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठक बहिष्कार गरेका छन् ।

महतो निकट केन्द्रीय नेता सन्तोष मेहताका अनुसार महतोसँग गरिएको प्रतिवद्धता पार्टीमा सम्बोधन नभएपछि महतोले बैठक बहिष्कार गरेका हुन् ।

पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् ।

मेहताले भने ‘हिजोसम्म उहाँले बैठकमा जान्छु भन्नुभएको थियो । तर दुई महिना अगाडि भनेको कुराको सम्बोधन नहुने भएपछि म किन बैठकमा जाने भन्नुभएको छ ।’

लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए । तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन् ।

 

प्रकाशित मिति: Dec 10, 2023

प्रतिक्रिया दिनुहोस्