Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ। अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरेको हो।

युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबारको अनुमति दिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९८ रूपैयाँ ०४ पैसामा कारोबार गर्न अनुमति दिएको छ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९५ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७० पैसा कायम गरिएको छ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: Nov 28, 2023

प्रतिक्रिया दिनुहोस्