Logo
१६ बैशाख २०८१, आईतबार
(November 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठको पूजा गर्न ३ सय घाट निर्माण

छठ पर्वका लागि दमकमा यस वर्ष झण्डै तीन सय पूजा स्थल (घाट) निर्माण गरिएका छन् ।

मैथिली सेवा समितिको आयोजनामा संस्थागत रूपमा मनाइँदै आएको छठमा गत वर्षभन्दा यस वर्ष घाट निर्माणमा वृद्धि भएको छ । गत वर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डासहितको घाट निर्माण गरिएका थिए ।

छठमा पछिल्लो समय रुचि र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रूपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताए । उनले भने, “अब यो सबै नेपालीको साझा पर्व हो ।”

दमक-७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डासहितको घाट निर्माण गरिएको छ । विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए । ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ”, उनले भने ।

छठ स्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ । यहाँ ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन् । मैथिली सेवा समितिले संस्थागत रूपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो ।

प्रकाशित मिति: Nov 19, 2023

प्रतिक्रिया दिनुहोस्