Logo
१५ बैशाख २०८१, शनिबार
(October 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा सिमित

सेयर बजारमा फेरि गिरावटकै सिलसिला चलेको छ ।

मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा आएको छ । करिब १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यसअघि सोमबार सूचकमा सामान्य वृद्धि भएको थियो । तर यो वृद्धिलाई बजारले निरन्तरता दिन सकेन ।

नीतिगत सुधारको अपेक्षामा बसेका लगानीकर्ताले नियामक निकायहरुबाट अहिलेसम्म कुनै पनि राहत नपाउँदा बजार शिथिल बनेको अनुमान गरिएको छ । यही कारण सूचकसँगै कारोबार रकम पनि प्रभावित भएको हो ।

केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउने भनिए पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन् । यसैकारण लगानीकर्ता थप निराश भएका हुन् ।

यस दिन २८१ कम्पनीको ३९ लाख ६५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ५९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति: Oct 3, 2023

प्रतिक्रिया दिनुहोस्