Logo
१५ बैशाख २०८१, शनिबार
(October 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा असोज २२ गतेदेखि हुने

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले असोज २२ गतेदेखि प्रवेश परीक्षा गर्ने भएको छ । शुल्क विवादका कारण लामो समयदेखि रोकिएको स्नातक तहतर्फको प्रवेश परीक्षा अनिश्चित बनेको थियो ।

डीन प्राडा शशीधर राम जोशीले एक सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तह (बीई तथा बि आर्क) को प्रवेश परीक्षा असोज २२ गतेदेखि सञ्चालन गरिने बताए ।

यसका लागि असोज १७ देखि १९ गतेसम्म फाराम भर्ने समय थप गरिएको छ । यसअघि फाराम भरेका विद्यार्थीहरूले पुनः फाराम भर्नु नपर्ने डीनको कार्यालयले जनाएको छ ।

संस्थानले शुल्क बढाउने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । जसले गर्दा भदौका लागि तोकिएको प्रवेश परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो ।

शुल्क विवाद बढ्दै गएपछि विद्यार्थी संगठनहरू र त्रिवि तथा डीन कार्यालयबिच सहमति भएको थियो । तर, उक्त सहमति अनुसार कार्य अगाडि नबढेपछि भर्ना प्रक्रिया नै अन्योल बनेको थियो ।

यो विषयमा असोज १५ गते विद्यार्थी संगठनहरू र डीन कार्यालयबिच अर्को सहमति भएको छ । उक्त सहमति अनुसार पुरानै शुल्कमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाउने भन्नेछ । सोही आधारमा डीनको कार्यालयले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको हो ।

प्रकाशित मिति: Oct 3, 2023

प्रतिक्रिया दिनुहोस्