Logo
१८ बैशाख २०८१, मंगलबार
(October 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको कारोबारको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.५५ अंकले घटेर २७७.३९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमुह राताम्ये भएका छन् ।

आइतबार कारोबार रकमका आधारमा सिटिजन्स लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल २८४ कम्पनीको ६७ लाख २३ हजार ४ सय कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: Oct 1, 2023

प्रतिक्रिया दिनुहोस्