Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा : सांसद खनाल

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता हुन नसकेको भन्दै समितिको ध्यानाकर्षण गराए ।

उनले अझै अक्टोबरमा हुने पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा बजेट नभएकै कारण नेपालबाट सहभागिता हुन नसक्ने कुरा आइरहेको भन्दै समितिले यसबारेमा गम्भीर रुपमा सोच्नुपर्ने बताए ।

सांसद खनालले समितिले सरकारलाई यसबारेमा आवश्यक निर्देशन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Sep 22, 2023

प्रतिक्रिया दिनुहोस्