Logo
१५ बैशाख २०८१, शनिबार
(August 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी आज

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ । २०७३ सालमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा ७ वर्षपछि पालो आएको हो ।

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला र सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक वक्तव्य दिएका थिए ।

अदालतको आदेश र फैसला नै नमान्ने अभिव्यक्तिपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतमा २०७३ जेठ १२ गते दायर भएको उक्त मुद्दा हालसम्म एकपटक पनि सुनुवाइ भएको छैन । हालसम्म २१ पटक पेसीमा चढेको उक्त मुद्दा १९ पटक हेर्न नभ्याइनेमा परेको छ भने दुईपटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित गरिएको छ । मुद्दा दर्ता भएको ७ वर्ष कटेपछि आइतबार भने उक्त मुद्दाको पालो आउन लागेको छ ।

कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको उक्त रिट क्रम सङ्ख्या ५ मा रहेको छ । अपराह्न १२ः४५ बजेसम्म क्रम सङ्ख्या ४ मा रहेको डाँका मुद्दामा सुनुवाइ भइरहेको छ । उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रचण्डविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको सुनुवाइ हुन सक्नेछ ।

आइबतार उक्त मुद्दामा सुनुवाइ भएमा मुद्दा दर्ता भएको ७ वर्ष २ महिनापछि पहिलोपटक सुनुवाइ हुनेछ ।

प्रकाशित मिति: Aug 20, 2023

प्रतिक्रिया दिनुहोस्