Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ : नवनियुक्त मन्त्री साह

जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् । साहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन् । उनलाई पूर्वमन्त्री मोदीले मन्त्रालयमा स्वागत गरे ।

धनुषाको औरही गाउँपालिका-६ चक्कर टोलका इन्जिनियर बुबा एमुना साह र आमा स्वर्गीय दिव्यकला देवीका चार छोरी मध्येकी साहिली हुन् अनिता ।

बुबा जागिरे हुँदा सँगै बसेर काठमाडौंको थापाथलीस्थित गुजेश्वरी माविबाट कक्षा ८ सम्म पढेकी उनले गाउँकै शंकर जनता मावि चक्करबाट एसएलसी पास गरेकी छन् । जनकपुर नाइट कलेजबाट अनिताले प्लस टु र त्यसपछि हेल्थ विषय लिएर स्नातक गरेकी छन् ।

तीन/चार वर्षदेखि सक्रिय राजनीतिमा लागेकी अनितादेवीलाई अहिले कल्पना पनि नगरेको जिम्मेवारी आइलागेको छ । ‘हाम्रो घर र माइती पक्ष राजनीतिक पृष्ठभूमिको थिएन । त्यसैले मन्त्री, सांसद बन्छु भनेर सोचेकी पनि थिइनँ’ उनले भनिन्, ‘तर राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ ।’

पहिला हामि नेपाली कांग्रेसका समर्थक थियौं तर परिवारबाट कोही सक्रिय राजनीतिमा भने थिएनन् । अनिता भन्छिन् ‘राजनीति गर्छु भनेर सोचेको थिइनँ ।’

अनिताले २०७९ वैशाख ३० गते चुनावको पहिलो अनुभव बटुलिन् । उनी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमतबाट उम्मेदबार बनेकी थिइन् ।

तर, पार्टी नयाँ र धरातल कमजोर हुँदा करिब १५ सय मत मात्र पाइन् । जसले जमानत समेत जोगाउन मुस्किल पर्‍यो अनितालाई ।

तर भाग्यशाली उनी मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा जनमत पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाइन् र अहिले मन्त्रीसमेत बनिन् ।

पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत गर्‍यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतक समेतको जिम्मेवारीमा छिन्  ।

डेढ वर्ष धनुषा जिल्ला पार्टीको इञ्चार्ज भएर काम गरेकी अनिता र उनका पति दुवै जनकपुरमा भएको जनमतको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा चयन भए ।

पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत गर्‍यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतकसमेतको जिम्मेवारीमा छिन् ।

प्रकाशित मिति: Aug 14, 2023

प्रतिक्रिया दिनुहोस्