Logo
२२ बैशाख २०८१, शनिबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर

हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका हुन् । उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् ।

‘अब भने ‘जुठे’ सँगै कमेडी श्रृंखला ‘लफडा’ पनि आउने भएको छ’, उनले अगाडि लेखेका छन् ‘जुठे’ पहिलेकै झै बुधबार र ‘लफडा’ भदौदेखि आइतबार प्रसारणमा आउनेछ ।’ ‘लफडा’ को बिषयवस्तु बारे भने उनले केही खुलाएको छैनन् ।

नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ । श्रृंखलाका लेखक तथा निर्देशक उनी आफैं हुन् ।

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्