Logo
७ जेष्ठ २०८१, सोमबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि, प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरिँदै

कोशी प्रदेश स्थित झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।

उनले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला (गेरु) रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ ।

भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ । क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उनको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो ।

गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् ।

भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् ।

रातारात क्वार्टरमा रङरोगन किन गर्नुभएको ? भन्ने प्रश्नमा निरौलाले नियमित सरसफाई अन्तर्गत कोठाको रङरोगन गरिएको दाबी गरे ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि सार्वजनिक भएको थियो ।

नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै पन्छिए ।

प्रकाशित मिति: Jul 30, 2023

प्रतिक्रिया दिनुहोस्