Logo
१६ बैशाख २०८१, आईतबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयरले धम्की दिएका भनिएका पत्रकार सुविन विश्वकर्मा कांग्रेसकै कार्यकर्ता !

सुनसरी स्थित बराहक्षेत्र नगरपालिकाका प्रमुख (मेयर) रमेश कार्कीले धम्की दिएका भनिएका पत्रकार सुविन विश्वकर्मा नेपाली कांग्रेसकै कार्यकर्ता रहेको खुलेको छ । नगरपालिकाका प्रमुख कार्की नेपाली कांग्रेसका नेता हुन् ।

कार्कीले भनेका छन्- ‘मेलै कुनै पत्रकारलाई धम्काएको होइन, मेलै मेरै पार्टीका कार्यकर्तासँग संवाद मात्र गरेको हुँ ।’ उता सोही पार्टीका अर्का स्थानीय नेता तेज गुरुङ्गले यो पत्रकार र समाचारको विषय नभई पार्टीगत विषय भएको बताएका छन् ।

गुरुङ्गले भनेका छन् –‘नेपाली काङ्रेस बराहक्षेत्रको आन्तरिक बिबादलाइ उत्कर्समा ल्याइ पार्टी भित्रको कुराहरुलाई प्रेस स्वतन्त्रतासँग जोडेर ब्याख्या गर्न खासै उचीत नहोला भन्ने मलाइ लाग्छ्। नेपाल तरुण दल बराहक्षेत्र नगर कमीटी सदस्य सुरज क्षेत्री नेपाल तरुण दल बराहक्षेत्र वाड नम्बर ४ का सभापती रोहीत बस्नेत र नेपाली काङ्रेस बराहक्षेत्र वडा नम्बर ४ का सचीव सुबिन बिस्वकर्मा ज्युहरु विशुद्ध नेपाली काङ्रेस बराहक्षेत्र नगरको आन्तरीक कुराहरुमा रही भनाभन भएँको भन्ने बुझ्नमा आएको छ । पार्टी भित्रको आन्तरीक कुरालाई पत्रकारितासँग जोड्नु गलत हो ।’

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्