Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदनमा सांसद सिंहको प्रश्न-‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको वर्षौं लाग्ने?’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा समेत भेदभाव भइरेहको बताएका छन् । ‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’ उनले भने ‘यो अदालती भेदभाव होइन र ?’ ।

सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकता विहीन हुनुपरेको बताएका हुन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरेका छन्।

उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा बसेका जन्मसिद्धका छोराछोरीमाथि दमन गरेको बताए। अदालतले पनि नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको उनको आरोप थियो।

 

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्