Logo
२० बैशाख २०८१, बिहीबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सम्बन्ध हिमाल झैँ र नेपाल-चीन सम्बन्ध सगरमाथा झैँ अग्लो छ : मन्त्री किराँती

नेपाल र भारत सम्बन्ध हिमाल झैँ उचाईमा रहेको भनेका संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजै (बुधवार नै) नेपाल र चीन सम्बन्ध सगरमाथा भन्दा अग्लो रहेका बताएका छन् ।

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराँती
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने,’यो सुरुवात गर्नु धेरै ठूलो कुरा हो। योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो। यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ।

सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो। योभन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन। तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ।

त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ। हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ।’

मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने समेत बताएका हुन्।

नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ : मन्त्री किराँती
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन्।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको उनले बताए।

उनले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गरे।

उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उनले पोखरालाई नेपाल, भारत र चीनको
व्यापारिक केन्द्र बनाउनुपर्ने बताए।

उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए।

‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदी बहिनी, दाजुभाईलाई निम्तो गर्दछौँ। नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ। पोखराबाट सिधै भारतको विभिन्न शहरहरुमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको छ।’

उनले भने,’पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा हामील उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जान्छ।

इतिहासमा पनि पोखरा भारत, नेपाल र चीनको व्यापारिक ठूलो नाका थियो। नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाईमा बढीरहेको छ। प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ। कोशेढुंगा सावित भएको छ सम्बन्धमा।’

मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्