Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष चौधरी र सचिव राय विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार घुस रकमसहित केही दिनअघि पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालले आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जानकारी दिए ।

प्रकाशित मिति: May 26, 2023

प्रतिक्रिया दिनुहोस्