Logo
७ बैशाख २०८१, शुक्रबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उग्ररुपमा प्रस्तूत भएकी बिरगंज नर्सिङ क्याम्पसका २ जना शिक्षकहरुको सरुवा

मधेश प्रदेश स्थित बिरगंज ४ विर्तामा रहेको बिरगंज नर्सिङ क्याम्पसमा कार्यरत २ जना शिक्षकहरु सरुवा गरिएको छ ।

त्यहाँ कार्यरत शिक्षकहरुले समुह बनाई आन्तरिक राजनीतिमा सकृय भई विद्यार्थीहरुलाई नियोजित रुपमा मर्कामा परेको भन्दै समाचार सार्वजनिक भइरहेका बेला उक्त सरुवा गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत चिकित्साशास्त्र अध्ययन संस्थान, डिनको कार्यालय महाराजगंज काठमाण्डौले त्यहाँ कार्यरत साहायक प्रध्यापक बिनिता साह र उपप्रध्यापक रोमिना श्रेष्ठलाई क्रमस बिराटनगर र पोखरा नसिंङ क्याम्पसमा काज सरुवा गरिएको छ ।

उक्त क्याम्पसमा जारी रहेको आन्तरिक राजनीतिका कारण विद्यार्थीहरु सिकार हुनथालेपछि पछिल्लो केहि सातादेखि त्यहाँ विद्यार्थीहरुद्वारा तालावन्दी सहित आन्दोलन जारी रहेको छ ।

त्यहाँ अध्ययनरत स्टाफ नर्स तेस्रो वर्षकाका २५ जना विद्यार्थीले समुहगत रुपमा आफूहरु फेल गराउने उद्देश्यले ति शिक्षकहरुले प्रयोगात्मक परिक्षा लिएको भन्दै डिनको कार्यालयमा निवेदन दिएका थिए ।

नागरिक टाइम्सले सार्वजनिक गरेको भिडियोमा विनिता साह समेत त्यहाँका शिक्षिकाहरु असोभनीय रुपमा प्रस्तूत भएको देखिएका छन् ।

तर भिडयोमा विद्यार्थीहरु पिडित रहेको अवस्थामा देखिएका छन् । विद्यार्थीहरुले सरुवासँग आफूहरुलाई कुनै लिनुदिनु नरेहको भन्दै आफूहरुले न्याय पाउनुपर्ने र पुनः प्रयोगात्मक परिक्षा हुनुपर्ने माग गरेका छन् ।

यद्यपी आरोपित शिक्षिकाहरुले आफूहरु स्वयं आन्तरिक राजनीतिको सिकार भएको र यस त्रियाकलापहरुका पछाडी सुनुयोजित समुह सकिृय रहेको बताएकी छन् ।

योपनि पढ्नुहोस् : 

चरम राजनीतिले बिरगंज नर्सिङ क्याम्पसमा यस्तो छ अवस्था (हेर्नुस् भिडियो)

 

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्