Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले पहिलो बैठकमै संसद विघटन ठिक भनेपछि नैतिक संकटमा परेँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघठन गर्वको विषय नभएको बताएका छन् । सोमबार संसद बैठकमा विश्वासको मत माग्दै प्रचण्डले संसद्मा पहिलो दिन नै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पाएपछि आफूलाई नैतिक संकट परेको बताएका हुन् ।

संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघठनबारे अभिव्यक्ति दिएका थिए । प्रचण्डले भने,‘त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक । मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन ।

दुईदुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन,संविधान र लोकतन्त्रको निरन्तरताएवम् संसदको स्थायित्वमै प्रश्नचिन्ह खडा गर्‍यो ।

दुःखका साथ भन्नुपर्छ,लगभग सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसदको विघटनको खुला पक्षपोषण ठूलो नैतिक,संवैधानिक र राजनीतिक चुनौती थियो । ’

प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दलहरूलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेपनि त्यो सफल हुन नसकेको बताए । जनतामा भ्रम सिर्जना गर्ने र लोकतान्त्रिक संस्थाहरूविरूद्ध मोह भंग गराउने प्रयास भइरहेको उनको भनाइ छ।

प्रचण्डले सरकारले जनताको पक्षमा काम गर्दै आएको दावी गरे । उनले नेकपा एमाले र राप्रपालाई पनि आफ्नो निर्णयमा पुनःविचार गर्न राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिन समेत आग्रह गरे।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्