Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम चैत हुने उद्योग वणिज्य महासंघको निर्वाचन : अञ्जन श्रेष्ठले गरे टिमसहित उम्मेदवारी घोषणा

नेपाल उद्योग वणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। चैत अन्तिममा हुने महासंघको निर्वाचनको लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्।

चैत २८ र २९ मा महासंमा साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा आज एक समारोहमा गरेका हुन्।

महासंघमा वरिष्ठ उपाध्यक्षस्वत अध्यक्ष हुने व्यवस्था छ। यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन्।

३ वर्षे कार्यकाल रहने महासंघमा ढकालपछि यसपटक जसले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्छ सोही व्यक्तिले नेतृत्व गर्नेछ।ढकालपछिको नेतृत्वको लागि श्रेष्ठले दाबी गरेका हुन्।

आज उम्मेदवारी घोषणा गर्दै उनले उद्योगी व्यवसायीको छाता संगठन महासंघको नेतृत्व गर्ने दाबी पेश गरेका हुन्। उनीसँगै उनको प्यानल पनि घोषणा भएको छ।

जसमा जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार रहने भएका छन्। त्यस्तै एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल श्रेष्ठ उम्म्दवारी रहने श्रेष्ठले जानकारी दिए।

घोषणापत्रसहित पुनः पूर्ण टिम सार्वजनिक गरिने उनको भनाइ छ। श्रेष्ठले आफू देशको अधिकांश ठाउँमा गएर गुनासो सुनुवाइ गरेको जानकारी गराए।

त्यस्तै धेरै व्यवसायीहरुको गुनासो बैंकको चर्को ब्याजदर रहेको बताए। अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्। उनले उमेशलाल श्रेष्ठलाई चुनावमा हराएर यसअघि चुनाव जितेका थिए। उनी लक्ष्मी ग्रुपका निर्देशक हुन्।

लक्ष्मी ग्रुप नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना हो। उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ।र काम गरेको अनुभव समेत उनीसँग छ।

प्रकाशित मिति: Mar 14, 2023

प्रतिक्रिया दिनुहोस्