Logo
२२ बैशाख २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक

राष्ट्रपतिबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो एक बजे बस्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुन्छ’, नेता खतिवडाको भनाइ छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । पछिल्लो समय सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

 

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्