Logo
२२ बैशाख २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न लोसपा नेताहरू देउवा निवासमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न प्रस्ताव लिएर लोसपा नेताहरू देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन् ।

लोसपका नेताहरू हिजो मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

आज नेताहरू सभापति देउवा निवासमा छलफलका लागि पुगेका छन् । देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी छन् । राष्ट्रपतिमा कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुट्ने नेता सुरेन्द्र झाले बताए ।

‘उहाँ माओवादी, कांग्रेस र एमालेका लागि स्वीकार्य व्यक्ति हो । गणतन्त्र र सङ्घीयतामा प्रधानमन्त्रीजीसँग स्प्रीड मिल्छ भने कांग्रेसमा उहाँले लामो समय राजनीति गर्नु भएको छ,’ नेता झा भन्छन्, ‘ओलीजीलाई विगतमा गुन लगाउनु भएको छ । उहाँको नाममा राष्ट्रिय सहमति भन्ने परिस्थिति बन्दै गएको छ ।’

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्