Logo
१५ बैशाख २०८१, शनिबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वटा प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्‍न

लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ।

मुलुक संघियतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो। गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढिकरणमा केन्द्रीत छ। संगठन सुदृढिकरण र सुद्धिकरण अभियानअन्तर्गत प्रदेश अधिवेशन भइरहेको अध्यक्ष शिव लम्सालले जानकारी दिए।

‘पत्रकारहरुको हकहितका विषय त प्राथमिकतामा पर्ने नै भए। त्योसँगै हामीले संगठन चलयमान बनाउन सुदृपढिकरण र सुद्धिकरणलाई प्राथमिकता दिएका छौं। युनियनले यसअघि संघिय संरचना बनाएको थिएन। अहिले हामी संघिय संरचनाको जग बसाउन प्रदेश अधिवेशन गरिरहेका छौं,’ लम्सालले भने, ‘६ वटा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन्। बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा हामी छौं। बागमतीको अधिवेशन लगत्तै उपत्यका प्रदेशको अधिवेशन हुन्छ।’

मंगलबार सम्पन्न हुने बागमती प्रदेश अधिवेशनको तयारी सम्पन्न भइसकेको केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारीले जानकारी दिए। अधिवेशनको उद्घाटन कांग्रेस नेता डा. शेखर कोइरालाले गर्नेछन्। त्यसका लागि कोइराला सोमबार चितवन जाँदैछन्।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार कोइरालाले युनियनको अधिवेशन उद्घाटन अघि पार्टीका नेता–कार्यकर्तासँग सोमबार छलफल गर्नेछन्। कोइरालाले मंगलबार विहान ९ बजे युनियनको प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्