Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।

नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैँ सो मन्त्रालय सम्हालिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 31, 2023

प्रतिक्रिया दिनुहोस्