Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी प्रवेशपछि एलिजा – ‘अब राजनीतिक क्रान्तिभन्दा पनि आर्थिक क्रान्ति’

नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै मोडल तथा अभिनेत्री एलिजा धमलाले आफ्नो राजनीतिक यात्राको थालनी भएको बताएकी छन् ।

धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताउँदै पार्टीको मूल उद्देश्य पुरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, ‘ समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।’

धमलाले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरेर दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने आफूले परिकल्पना गरेको जिकिर गरेकी छन् । ‘हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले भनेकी छन् । चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेको उनले शनिबार एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति: Jan 29, 2023

प्रतिक्रिया दिनुहोस्