Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा तीन सदस्य नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरुलाई अहिले विभागीय जिम्मेवारी भने दिइएको छैन ।

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्