Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आम नागरिकले अब विना पासकै नागरिक्ता देखाएर सिंहदरबारमा प्रवेश पाउने

आम नागरिकले अब विना पासको नै नागरिक्ता देखाएर संघीय राजधानी स्थित सिंहदरबारमा प्रवेश पाउने भएका छन् । गृह मन्त्रालय श्रोतका अनुसार दिनको २ बजेपछि ओर्जिनल नागरिकता देखाएर प्रवेश पाउने भएको हो ।

यद्यपी उक्त नागरिकको सम्पुर्ण विवरण गेँटको रेकर्ड पुस्तिकामा लेखेर राखिने छ । यसैबीच गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।

प्रकाशित मिति: Dec 31, 2022

प्रतिक्रिया दिनुहोस्