Logo
३० बैशाख २०८१, आईतबार
(December 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा जानेबारे लोसपाले तत्काल निर्णय नलिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ ।

सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने जिज्ञसामा सो पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वास मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।

नेता शुक्लाले भने, ‘अहिलेको वर्तमान सरकार र गठबन्धनले के गरिरहेका छन् त्यसलाई हामीले नजिकबाट नियाली रहेका छौं, आवश्यकता अनुसार हामीले निर्णय गर्छौ ।’ सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा कुनै पनि प्रस्ताव नआएको बताउँदै उनले ती पार्टीका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव गरेका छन् त्यो आधिकारीक जस्तो नदेखिएको बताए ।

नागरिकता विधेयक पारित हुन्छ कि हुँदैन अहिलेका सरकारले ठोस रुपमा नीति तथा कार्यक्रममै ल्याउनुपर्छ । मधेस आन्दोलनको क्रममा मुद्दा लागेका, थुनामा रहेकाहरुलाई रिहाय गर्ने कि नगर्ने विषय पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममै ल्याउनुपर्ने नेता शुक्लाको माग छ ।

सरकार कसरी अगाडि बढ्छ त्यसको नीति तथा कार्यक्रमले प्रष्ट हुन्छ, त्यसपछि लोसपालाई केही निर्णय गर्न सजिलो हुने उनको धारणा छ । रातोपाटीसँग कुरा गर्दै नेता शुक्लाले गठबन्धन, सरकार, संसदलगायतको विषयमा आफूहरुले गहन छलफल गरिरहेको र केही दिनमै एउटा निष्कर्षमा पुग्ने उनले बताए ।

प्रकाशित मिति: Dec 30, 2022

प्रतिक्रिया दिनुहोस्