Logo
३० बैशाख २०८१, आईतबार
(December 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनी एमालेका निर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य पनि हुन् ।

जेष्ठ सदस्यको रुपमा उनले बिहीबारको संसदीय दलको अध्यक्षता गरेका थिए । थपलिया एमालेको केन्द्रीय सदस्य समेत हुन् भने उनी २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

प्रकाशित मिति: Dec 29, 2022

प्रतिक्रिया दिनुहोस्