Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्र तयार गरिँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिँदै छ ।

बालकोटमा एमाले, माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतबीचको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । अहिले सहमतिपत्र तयार भइरहेको छ ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । यसको ड्राफ्ट तयार हुँदै छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

उनका अनुसार सहमतिपत्रको ड्राफ्ट बनाउने कार्यमा एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन छन् ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्