Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘सरी मम’ को प्रदर्शन मिति माघ ५ मा सर्‌याे

फिल्म ‘सरी मम’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति मंसिर २९ बाट माघ ५ पुर्याएको हो । प्रचार प्रसार र हलिउड फिल्म ‘अवतार’ आएको कारण फिल्म सारिएको निर्माता विनोद लामाले बताए । उनले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म ‘सरी मम’ बनाएको सुनाए ।

एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुव्र्यसनीविरुद्धको आवाज उठाएको छ । फिल्मको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ । यो फिल्म युवा तथा किशोरावस्था उमेर लक्षित छ ।

नविन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।

आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

प्रकाशित मिति: Dec 13, 2022

प्रतिक्रिया दिनुहोस्