Logo
६ चैत्र २०८०, मंगलबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै माओवादीका गंगा कार्की विजयी

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन्। कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई हराएका छन् । शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन्। कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन्।

यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। ३४७९ मत बदर भएको थियो। यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ। समानुपातिकतर्फ भने मतगणना जारी छ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्