Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने भारी मतले विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।

प्रकाशित मिति: Nov 24, 2022

प्रतिक्रिया दिनुहोस्