Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘युक्रेनको गोलाबारीमा ५० रुसी सेना मारिए’

युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिए वा घाइते भएका युक्रेनले दाबी गरेको छ । एउटै घटनामा यति ठूलो हताहत भएको यो दुलर्भ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ ।

मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर (४५ माईल) टढाा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले फेसबुक पोस्टमा बताएका छन् । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिकृया दिएको छैन् ।

अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ। पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठूलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।

प्रकाशित मिति: Nov 17, 2022

प्रतिक्रिया दिनुहोस्