Logo
२७ बैशाख २०८१, बिहीबार
(November 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन ।

मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा कारबाहीको चेतावनी दिइएको छ ।
मतदान केन्द्रभित्र क्यामरा वा मोबाइल लगेमा जफत गरिने भएको छ ।

प्रकाशित मिति: Nov 16, 2022

प्रतिक्रिया दिनुहोस्