Logo
२७ बैशाख २०८१, बिहीबार
(November 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का वनमन्त्री एवं कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री स्तब्ध

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो । ‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्वर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तव्ध भएको छु। उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।

थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

प्रकाशित मिति: Nov 9, 2022

प्रतिक्रिया दिनुहोस्