Logo
१५ बैशाख २०८१, शनिबार
(October 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

भेटवार्ता आज सैनिक मुख्यालय जंगी अड्डामा भएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् ।

भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: Oct 11, 2022

प्रतिक्रिया दिनुहोस्