Logo
२० मंसिर २०७९, मंगलबार
(September 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङकै दंगिशरण गाउँपालिका–४ वैवाङका ५९ वर्षीय शालिकराम वली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो ।

सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात् इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Sep 25, 2022

प्रतिक्रिया दिनुहोस्