Logo
३० बैशाख २०८१, आईतबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकमाथि कारवाही 

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन् ।

यस्तै अवस्था ठिक नभएका सवारी साधन चलाउने ५८ जना, हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३५ जना, सडक लेन उल्लङ्घन गर्ने २६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू रहेका छन् ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्