Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैं भ्रमणका लागि होलीडे पसलले ल्यायो ‘आकर्षक प्याकेज’

दसैं आउन एक महिना पनि बाँकी नरहेका बेला विभिन्न ट्राभल्स एजेन्सीहरुले आकर्षक प्याकेज सार्वजनिक गरिरहेका छन् । दसैंमा साथीभाइ, परिवारका सदस्यसँग घुम्न जानेहरुका लागि लाभदायक रहने गरी होलीडे पसल डटकमले पनि आकर्षक प्याकेज ल्याएको जनाएको छ ।

देशको विभिन्न रमणीय पर्यटकीय क्षेत्रको भ्रमणका लागि प्याकेज ल्याएको होलीडे पसलका संस्थापक तथा कार्यकारी निर्देशक कमल अर्यालले जानकारी दिए ।

उनका अनुसार होलीडे पसलले सौरहा, पोखरा, चित्लाङ, लुम्बिनी, टिस्टुङससहित देशका विभिन्न स्थानका रमणीय क्षेत्रका लागि आकर्षक र सस्तो प्याकेज ल्याएको छ ।

हरेक आर्थिक अवस्था भएकालाई सहजता दिनेगरी दसैं प्याकेज ल्याएको होलीडे पसलले दसैंको बिदामा भ्रमण गर्न सक्ने गरी प्याकेजको सुविधा ल्याएको अर्यालले जानकारी दिए ।  उनका अनुसार एक रात दुई दिनका लागि न्यूनतम २ हजार ५०० देखि ३० हजार रुपैयाँसम्मको प्याकेज रहेको छ ।

होलीडे पसलले सौराह पुल प्याकेज, टिस्टुङ भ्रमण प्याकेज, मनमोहक लुम्बिनी प्याकेज, हर्राेबर्राे चितवन प्याकेज, सुरक्षित पोखरा भ्रमण प्याकेज, रमणीय पोखरा भ्रमण प्याकेज, चित्लाङ समुदायक प्याकेज, सुनकोसी राफ्टिङ प्याकेजसहित विभिन्न प्याकेज ल्याएको छ ।

साथै भोटेकोसी राफ्टिङ एण्ड नाइट–स्टे, मुक्तिनाथ तीर्थयात्रा, पोखरा प्याराग्लाइडिङ, जोडी स्विङ र ओभरनाइट–स्टे, भोटेकोसी बन्जी जम्पिङ एण्ड नाइट–स्टेसहितका प्याकेज ल्याएको छ ।

यसका साथै होलीडे पसलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट र होटेल बुक गर्ने सुविधा दिने गरेको कार्यकारी निर्देशक अर्यालले जानकारी दिए । प्याकेजबारे होलीडे पसल डटकमको वेबसाइटमा पनि राखिएको अर्यालले बताए ।

प्रकाशित मिति: Sep 16, 2022

प्रतिक्रिया दिनुहोस्