Logo
१५ बैशाख २०८१, शनिबार
(September 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्रोत नखुलेको रकमसहित सप्तरीबाट दुई भारतीय पक्राउ

राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: Sep 14, 2022

प्रतिक्रिया दिनुहोस्