Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय काेराेना संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ ।

प्रकाशित मिति: Aug 12, 2022

प्रतिक्रिया दिनुहोस्