Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।

प्रकाशित मिति: Aug 5, 2022

प्रतिक्रिया दिनुहोस्