Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पछि पहाडी ३० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । यसअघि सो क्षेत्रमा २० गाउँ डुबानमा परेका थिए ।

एआरवाई न्युजका अनुसार प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय स्रोतले जनाएको छ ।

बाढी प्रभावित गाउँकी ७० वर्षकी एक वृद्धाको ज्यान गएको छ । विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ ।

अबिरल वर्ष र बाढीले अहिलेसम्म बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला छन् ।
खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: Jul 31, 2022

प्रतिक्रिया दिनुहोस्