Logo
१५ बैशाख २०८१, शनिबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स

गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ ।

प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् ।

प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थियो ।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्